2 Chronicles 32:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हिजकियाले तिमीहरूलाई त्यसरी धोका दिन र गलत बाटोमा लैजानदेखि आफैंलाई जोगाओ। उनका कुरामा पत्यार नगर! कुनै जातिका कुनै ईश्वरले कहिल्यै आफ्ना मानिसहरूलाई अश्शूरी महाराजाका हातबाट बचाउन सकेका छैनन्। त्यही प्रकारले तिम्रा परमेश्वरले पनि अवश्यै तिमीहरूलाई बचाउन सक्नेछैनन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै देवताले आफ्ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्छन् र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!”
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘