2 Chronicles 32:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजाले लेखेका चिट्ठीले परमप्रभु इस्राएलका परमेश्‍वरको अपमान भएको थियो। त्‍यसमा “जाति-जातिका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना प्रजालाई बचाएका छैनन् न त हिजकियाका परमेश्‍वरले नै मबाट आफ्‍ना प्रजालाई बचाउन सक्‍नेछन्,” भनी लेखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्‍वरलाई तुच्‍छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्‍यसरी नै हिजकियाका ईश्‍वरले पनि आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍नेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”