2 Chronicles 32:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्‍दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्‍यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्‍जा गर्न खोज्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले सहर कब्‍जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे।
Nepali ERV (पवित्र बाइबल)
तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकून्।