2 Chronicles 32:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो र उनले अश्‍शूरी सेनाका सिपाही र अधिकृतहरूलाई मारे। बदनाम भएर राजा अश्‍शूर देशमा फर्किए। एक दिन आफ्‍नो देवताको मन्‍दिरमा राजा हुँदा उनकै केही छोराहरूले उनलाई तरवारले हानेर मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।