2 Chronicles 32:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्‍शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्‍तिसँग बास गर्न दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्‍दाहरूलाई अश्‍शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्‍ति दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।