2 Chronicles 32:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हिजकिया अति घमण्‍डी भए। परमप्रभुले आफ्‍ना निम्‍ति जे-जति गर्नुभएको थियो, त्यसको निम्‍ति उनले परमेश्‍वरलाई धन्‍यवाद दिएनन्। त्‍यसकारण यहूदा र यरूशलेमले कष्‍ट भोग्‍नुपर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्‌। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।