2 Chronicles 32:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] उनी र उनका अधिकृतहरूले सहरबाहिर जाने पानी काटिदिए। अश्शूरीहरू यरूशलेमछेउ पुग्दा तिनीहरूले पानी पाउन नसकून् भनी त्यसो गरिएको थियो। अधिकृतहरूले धेरै मानिसहरू लिई गएर सबै पानीका मुहानहरू थुनिदिए र तीबाट पानी बग्न बन्द भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अधिकारीहरू र फौजी अधिकृतहरूसित सल्लाह लिए। तिनीहरूले तिनलाई यस विषयमा सहायता दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्लाह लिए; अनि तिनीहरूले उनलाई सघाए।
Nepali ERV (पवित्र बाइबल)
तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।