2 Chronicles 32:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र बेबिलोनी राजदूतहरू त्‍यस देशमा भएको ती असाधारण घटनाबारे सोधपुछ गर्न आउँदा पनि परमेश्‍वरले हिजकियालाई उनका चरित्रको जाँच गर्न आफ्‍नै इच्‍छाअनुसार गर्न दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्‍चर्यका चिन्‍हको विषयमा सोध्‍न आए, तब परमेश्‍वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्‌नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्‍वरले तिनका मनमा रहेका सबै कुरा जान्‍नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।