2 Chronicles 32:4 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले धेरै संख्‍यामा मानिसहरूलाई जम्‍मा गरेर देशबाट भएर बग्‍ने खोला र सबै मूलहरू थुनिदिए। तिनीहरूले यसो भने, “अश्‍शूरका राजाहरू यहाँ आएर किन प्रशस्‍त पानी पाऊन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?”
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”