2 Chronicles 33:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मनश्‍शेको प्रार्थना ग्रहण गर्नुभयो र प्रार्थनाको उत्तरमा उनलाई यरूशलेममा फर्काएर फेरि राज्‍य गर्न दिनुभयो। त्‍यसले गर्दा परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी मनश्‍शेलाई विश्‍वास भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनले प्रार्थना गरे, तब परमेश्‍वरले तिनको अर्ज-बिन्‍ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्‍याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्‍नुभयो। तब मनश्‍शेलाई परमप्रभु नै परमेश्‍वर हुनुहुँदोरहेछ भन्‍ने थाहा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्‍नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।