2 Chronicles 33:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आराधना गरिने वेदी पनि उनले मरमत गरे र त्यसमाथि मेलबलि र धन्यवाद बलिहरू चढाए। परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न उनले यहूदाका सबै मानिसहरूलाई आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्यसमा मेलबलि र धन्यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नू भनी हुकुम दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्वरको सेवा गर्नू भने।
Nepali ERV (पवित्र बाइबल)
तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।