2 Chronicles 33:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍ना प्रजाको सामुन्‍ने धपाउनुभएका जातिहरूका घिनलाग्‍दा काम-कुराहरू गर्दै मनश्‍शेले परमप्रभुको विरुद्धमा पाप गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले इस्राएलीहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।