2 Chronicles 33:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा होमबलि चढाए। उनले जोखना हेराउँथे, जादूगरी चलाउँथे, ज्‍योतिषी र प्रेत-आत्‍मा खेलाउनेहरूको सल्‍लाह लिन्‍थे। उनले परमप्रभुको विरुद्धमा ज्‍यादै पाप गरे र उहाँको क्रोध जगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्‍त्रतन्‍त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा अति दुष्‍टता गरे; अनि उहाँलाई रिस उठाए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।