2 Chronicles 34:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्यस पैसाबाट यहूदाका राजाहरूले नष्ट हुन छोडिदिएका भवनहरू मरमत गर्न काटेका ढुङ्गा, दलिन र सत्तरीका काठहरू किन्न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यस पैसाबाट यहूदाका राजाहरूले नष्ट हुन छोड़िदिएका भवनहरू मरम्मत गर्न काटेका ढुङ्गा अनि दलिन र सत्तरीका काठहरू किन्न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।