2 Chronicles 34:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भण्‍डारबाट ती पैसा निकाल्‍दा हिल्‍कियाहले परमप्रभुको व्‍यवस्‍थाको पुस्‍तक भेट्टाए, जुन पुस्‍तक परमेश्‍वरले मोशालाई दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुको मन्‍दिरमा ल्‍याएका रुपियाँपैसा निकाल्‍दा पूजाहारी हिल्‍कियाहले मोशाद्वारा दिएको परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले ‘परमप्रभुको व्यवस्थाको पुस्तक’ पाए जो मोशा द्वारा दिइएको थियो।