2 Chronicles 34:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको आज्ञा भएपछि हिल्कियाह र अरू मानिसहरू हुल्दा नाम गरेकी एउटी स्त्रीकहाँ सल्लाह लिन आए। तिनी यरूशलेम सहरको नयाँ टोलमा बास गर्ने एउटी अगमवादिनी थिइन्। (तिनका लोग्ने तोखतको छोरो र हसराको नाति शल्लूमले मन्दिरका वस्त्रको रेख-देख गर्थे।) तिनीहरूले तिनलाई भएका कुरा सबै बताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्।
Nepali ERV (पवित्र बाइबल)
हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।