2 Chronicles 34:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पश्‍चात्ताप गरी आफैंलाई मेरो अघि नम्र पारिस्। मैले यरूशलेम र त्‍यहाँका मानिसहरूलाई कसरी दण्‍ड दिने डर देखाएको छु, त्‍यो सुनेर तैँले आफ्‍नो लुगा च्‍यातेर रोइस्। मैले तेरो बिन्‍ती सुनेको छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो हृदय जवाफ दिनलाई उत्‍सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेका कुरा सुनेर परमेश्‍वरको सामुन्‍ने तँ विनम्र भएकोले, र मेरो सामु तँ विनम्र भई तैंले आफ्‍नो पोशाक च्‍यातेर मेरो उपस्‍थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो हृदयले मेरा कुरा सुनेको हुनाले, यस ठाउँ र यसका मानिसहरूको विरुद्धमा मैले भनेको सुनेर तैँले आफूलाई परमेश्‍वरको सामु विनम्र तुल्याइस्; यसकारण तैँले मेरो सामु आफूलाई विनम्र तुल्याएर आफ्नो वस्त्र च्यातेर मेरो सामु रोइस्। अब मैले तेरो पुकार सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।