2 Chronicles 34:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र जुन दण्ड म यरूशलेमलाई दिनेछु, त्यो तँ मरेपछि मात्र आउनेछ। म तँलाई शान्तिसित मर्न दिनेछु’।” त्यो समाचार लिएर ती मानिसहरू योशियाह राजाकहाँ फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म तँलाई तेरा पित्रहरूसँगै जम्मा गर्नेछु, र तँ शान्तिसित गाड़िनेछस्। यस ठाउँ र यसका बासिन्दाहरूमाथि मैले ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्नेछैनन्’।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा र यहाँ बस्नेहरूमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” यसकारण तिनीहरूले उनको जवाफ राजाकहाँ लगे।
Nepali ERV (पवित्र बाइबल)
म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।”‘ हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।