2 Chronicles 34:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजा भएको आठौं वर्षमा तिनी बालकै छँदा उनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई पुज्न थाले। चार वर्षपछि उनले मूर्ति पुज्ने ठाउँहरू, अशेरा देवीका मूर्तिहरू र अन्य सबै देवताहरू नाश गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।