2 Chronicles 34:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीसित एकसाथ मन्दिरमा गए। पूजाहारी, लेवी र बाँकी मानिसहरू धनी, गरीब सबै जना तिनका साथमा गए। ती सबैका सामुन्नेमा राजाले मन्दिरमा पाइएका करारको पुस्तक उच्च सोरले पढे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफूसँग यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए। परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र लेवीहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।
Nepali ERV (पवित्र बाइबल)
राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।