2 Chronicles 34:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले बेन्यामीन कुल र यरूशलेममा भएका अरू सबै मानिसहरूलाई त्यो करार पालन गर्ने प्रतिज्ञा गर्न लाए। यसरी यरूशलेमका मानिसहरूले आफ्ना पिता-पुर्खाका परमेश्वरसित आफूले बाँधेका करारका शर्तहरू पूरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार पूरा गर्न तिनले शपथ खान लाए। यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार यो गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार गरे।
Nepali ERV (पवित्र बाइबल)
तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।