2 Chronicles 34:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी पहरेदारहरूले मन्‍दिरमा जम्‍मा गरेका पैसा मुख्‍य पूजाहारी हिल्‍कियाहका हातमा जम्‍मा गरियो। (ती पैसा एफ्राइम र मनश्‍शे र बाँकी उत्तरी राज्‍य साथै यहूदा, बेन्‍यामीन र यरूशलेमका मानिसहरूबाट उठाइएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू प्रधान पूजाहारी हिल्‍कियाहकहाँ गएर तिनलाई परमप्रभुको मन्‍दिरमा ल्‍याएका रुपियाँपैसा दिए, अर्थात्‌ ती पैसा जो द्वारपालको काम गर्ने लेवीहरूले मनश्‍शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू अनि यहूदा, बेन्‍यामीन र यरूशलेमका सबै बासिन्‍दाहरूबाट पनि जम्‍मा गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्‍वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।