2 Chronicles 35:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले निस्‍तारका बलिहरू नियमअनुसार आगोमा पोले र पवित्र भेटीहरू भाँडा, कराई र ताई, ताप्‍केमा उसिने, मासुचाहिँ छिटो-छिटो गरी मानिसहरूलाई भाग लाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले विधिअनुसार निस्‍तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्‌कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए।