2 Chronicles 35:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाका आदेशमा खटाइएका ठाउँ-ठाउँमा हाजिर रहने आसापका गोत्रका लेवी गवैयाहरू यी नै थिए: आसाप, हेमान र राजाका अगमवक्ता यदूतून। मन्दिरका मूल-ढोकामा रहने पहरेदारहरूले आफ्ना ठाउँ छोड्नुपरेन किनभने अरू लेवीहरूले तिनीहरूको निम्ति निस्तार-बलिहरू तयार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापका सन्तानहरू, अर्थात् गवैयाहरूचाहिँ दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकेको नियमबमोजिम आ-आफ्नो स्थान लिए। आफ्ना कुटुम्ब लेवीहरूले तिनीहरूका निम्ति तयारी गरेका हुनाले हरेक मूल ढोकाका द्वारपालहरूले आ-आफ्नो काम छोड्नुपरेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।