2 Chronicles 35:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाले मन्‍दिरको लागि यी सबै गरिसकेपछि मिश्रका राजा नेकोले सेना लिएर लडाइँ गर्न यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमा आए। योशियाहले तिनलाई रोक्‍ने चेष्‍टा गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहले यसरी मन्‍दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्‍के, र योशियाह उनको सामना गर्न गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए।