2 Chronicles 35:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँमा मिश्रीले योशियाह राजालाई हानेका काँडको चोट लाग्‍यो। उनले आफ्‍ना चाकरहरूलाई आज्ञा गरे, “मलाई लैजाओ, मलाई नराम्रो चोट लागेको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब धनुर्धारीहरूले योशियाह राजालाई हाने, अनि तिनले आफ्‍ना अङ्गरक्षकहरूलाई भने, “मलाई रणभूमिबाट बाहिर लग, किनकि मलाई साह्रै चोट लाग्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।”
Nepali ERV (पवित्र बाइबल)
योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”