2 Chronicles 35:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोत्र-गोत्रअनुसार तिमीहरू मन्‍दिरमा दाऊद राजा र उनका छोरा सोलोमन राजाले सुम्‍पिदिएका कार्यभारअनुसार आ-आफ्‍ना ठाउँमा बस्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त परमप्रभु तिमीहरूका परमेश्‍वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।