2 Chronicles 35:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका भारदारहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति पशुहरू दिए। मन्दिरको जिम्मा लिएका अधिकारीहरू अथवा मुख्य पूजाहारी हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई चाडमा बलि चढाउन दुई हजार छ सय भेडा र बाख्राका पाठा र तीन सय साँढेहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति राजीखुशी दान दिए। परमप्रभुको मन्दिरका प्रशासन गर्ने, हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्तार-चाड़को निम्ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।