2 Chronicles 36:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब बसन्‍त ऋतु आयो, नबूकदनेसर राजाले यहोयाकीनलाई कैद गरी बेबिलोनमा लगे र मन्‍दिरका धन-सम्‍पत्ति पनि लगे। त्‍यसपछि नबूकदनेसरले यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेमका राजा बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बसन्‍त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्‍दिरका असल-असल भाँड़ाहरूसमेत तिनलाई बेबिलोनमा ल्‍याए, र तिनका पिताका भाइ सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।