2 Chronicles 36:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले परमप्रभुको विरुद्धमा पाप गरे र नम्र भई यर्मिया अगमवक्ताको कुरा सुनेनन्। यर्मियाले परमप्रभुको वचन सुनाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। परमेश्वरको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेह आफ्ना परमेश्वरको दृष्टिमा दुष्टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्।
Nepali ERV (पवित्र बाइबल)
सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनी द्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यिर्मयाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यिर्मयाले भनेका कुराहरू पालन गरेनन्।