2 Chronicles 36:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाहले नबूकदनेसर राजाका विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले सिदकियाहलाई परमेश्‍वरको नाउँमा म राजभक्त रहेछु भनी किरिया खान कर लाएका थिए। उनले ढिट भएर पश्‍चात्ताप नगरी परमप्रभु इस्राएलका परमेश्‍वरकहाँ फर्किआउन मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा तिनी बागी भए। तिनी अटेरी र हठी भएर परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउन तिनले इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफूलाई परमेश्‍वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्‍वरतिर फर्केनन्।
Nepali ERV (पवित्र बाइबल)
सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।