2 Chronicles 36:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले परमेश्वरका सन्देशवाहकहरूको हाँसो उडाए, उहाँका वचनको वास्ता गरेनन् र अगमवक्ताहरूमाथि हँस्सी-ठट्ठा गरे। अन्तमा आफ्ना प्रजाप्रति परमप्रभुको क्रोध यति ठूलो भयो कि त्यसबाट बाँच्ने केही उपाय रहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँका दूतहरूलाई हँस्सी-ठट्टा गर्न, उहाँका वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्ला गर्न छोड़ेनन्। अनि त्यो शान्त हुनै सकेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।