2 Chronicles 36:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजाले मन्दिर, मन्दिरका धन-सम्पत्ति र राजा र भारदारहरूका धन-सम्पत्ति सबै लुटेर बेबिलोनमा लगेर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले परमेश्वरको मन्दिरका सानाठूला सबै भाँड़ाहरू र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामी-दामी थोकहरू सबै लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले परमेश्वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।