2 Chronicles 36:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँचेका मानिसहरूलाई उनले बेबिलोनमा लगे र त्‍यहाँ कमाराहरू भई तिनीहरूले राजा र उनका सन्‍तानको सेवा गरे। यसरी तिनीहरू फारसका राजा विजयी भएर नआएसम्‍म बेबिलोनमा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरवारबाट उम्‍केकाहरूलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोउञ्‍जेल तिनीहरू उनका र उनका छोराहरूका दास-दासी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।