2 Chronicles 36:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको यो अगमवाणी पूरा भयो, “यो देश सत्तरी वर्ष उजाड भइरहनेछ र त्‍यसरी तिनीहरूले विश्रामको दिन नमानेको समय पूरा हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्‍जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्‍जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ विश्रामहरू मनाइरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”