2 Chronicles 36:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नेकोले यहोआहाजका भाइ एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम बनाइदिए। यहोआहाजलाई नेकोले मिश्रमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए।
Nepali ERV (पवित्र बाइबल)
नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।