2 Chronicles 36:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयाकीमले गरेका सबै काम, तिनका घिनलाग्दा चाल र दुष्कर्महरूसमेत इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयाकीमको राजकालका अरू घटनाहरू, अनि तिनले गरेका घिनलाग्दा र दोषी ठहरिने तिनका सबै कामहरू इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयाकीमको शासनकालका अरू घटनाहरू, तिनले गरेका घिनलाग्दा कुराहरू र तिनका विरुद्धमा पाइने सबै कुराहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
Nepali ERV (पवित्र बाइबल)
अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूका इतिहास” नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।