2 Chronicles 4:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[7-8] तिनीहरूले दश वटा सुनका सामदानहरू पहिलेको नमुनाअनुसार अनि दश वटा टेबिलहरू पनि बनाए र मन्दिरको मूल कोठामा एकापट्टि पाँच सामदान र पाँच टेबिल र अर्कापट्टि पाँच सामदान र पाँच टेबिल गरी राखे। तिनीहरूले सुनका सय वटा डबकाहरू पनि बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।