2 Chronicles 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पूजाहारीहरूले करारको सन्दुक मन्दिरभित्र लगेर महा-पवित्रस्थानमा स्वर्गदूतहरूको पखेटाको मुनितिर राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि पूजाहारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महापवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पंखेटा मुनि राखियो।