2 Chronicles 6:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले एउटा काँसको मञ्च बनाएर चोकको बीचमा राखेका थिए। त्यसको लमाइ र चौडाइ एउटै थियो’ २.२ मिटर र त्यो १.३ मिटर अग्लो थियो। उनी त्यस मञ्चमा चढे, सबैले देख्ने गरी घुँडा टेके र आफ्ना हात स्वर्गतिर उचाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि उक्लेर इस्राएलका सारा समुदायको उपस्थितिमा घुँड़ा टेके, र आफ्ना हात स्वर्गतिर उठाएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।