2 Chronicles 6:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, मेरा परमेश्वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्नुहोस् र आज मैले गरेको बिन्ती मन्जुर गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो दासको प्रार्थना र दयाको निम्ति उसको पुकारमा ध्यान दिनुहोस्। आफ्नो दासले तपाईंको उपस्थितिमा गरेको पुकारा र प्रार्थना सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि, हे याहवेह मेरा परमेश्वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ।