2 Chronicles 6:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गमा तिनीहरूको बिन्‍ती सुन्‍नुहोस् र आफ्‍ना प्रजाका पाप क्षमा गर्नुहोस् र तिनीहरूलाई र उनीहरूका पुर्खालाई आफूले दिनुभएको देशमा फर्काई ल्‍याउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काइ ल्‍याउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।