2 Chronicles 6:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यस देशमा अनिकाल वा महामारी पर्दा, लू वा सलहका बथानले अन्‍न नाश पार्दा वा तपाईंको प्रजामाथि उनका शत्रुहरू आइलाग्‍दा वा उनका माझमा रुढी वा प्रकोप चल्‍दा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्‍छ— जुन आपत्‌ वा रोग आए पनि—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्,
Nepali ERV (पवित्र बाइबल)
“देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छनन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला,