2 Chronicles 6:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको प्रार्थना सुन्नुहोस्। स्वर्गमा आफ्नो बासस्थानमा तिनीहरूको प्रार्थना सुन्नुहोस् र तिनीहरूलाई क्षमा गर्नुहोस्। तपाईंले मात्र मानिसहरूका हृदयका विचारहरू जान्नुहुन्छ। हरेक व्यक्तिसित जस्तो उचित छ, त्यस्तो व्यवहार गर्नुहोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले हरेक मानिसको हृदयलाई जान्नुहुन्छ। यसकारण तपाईंले त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। (किनभने तपाईंले मात्र मानिसको हृदयलाई जान्नुहुन्छ),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।