2 Chronicles 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले प्रार्थना गरिसक्‍दा स्‍वर्गबाट आगो आएर वेदीमा चढाइएका बलिहरू भस्‍म पार्‍यो अनि परमेश्‍वरको उपस्‍थितिको कारण आँखा तिरमिराउने ज्‍योतिले मन्‍दिर भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सोलोमनले यो प्रार्थना गरिसके तब स्‍वर्गबाट आगो झर्‍यो, र आगोले होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्‍यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो।
Nepali ERV (पवित्र बाइबल)
जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।