2 Chronicles 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि भोलिपल्‍ट सातौँ महिनाको तेईसौँ दिन सोलोमनले मानिसहरूलाई घर फर्काए। परमप्रभुले आफ्‍ना प्रजा इस्राएल, दाऊद र सोलोमन राजालाई दिनुभएको आशीर्वादको निम्‍ति तिनीहरू प्रसन्‍न थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्‍नो घरमा जान बिदा गरे, र परमप्रभुले दाऊद र सोलोमन अनि आफ्‍नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्‍द मनाउँदै गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै र्हषित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।