2 Chronicles 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले मन्दिर र महल बनाइसके। त्यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो।