2 Chronicles 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्‍दिर मलाई बलि चढाउने स्‍थान हो भनी म स्‍वीकार गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु।