2 Chronicles 7:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मैले यस मन्‍दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्‍थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।