2 Chronicles 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहिले मन्‍दिरको ठूलो गौरव छ; तर त्‍यस बेला यसका छेउबाट जाने हरेकले आश्‍चर्य मान्‍नेछ र यसरी सोध्‍नेछ, ‘परमप्रभुले यो देश र यो मन्‍दिरसित किन यस्‍तो गर्नुभयो?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यो मन्‍दिर ज्‍यादै प्रभावशाली छ, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर यसो भनेर सोध्‍नेछ, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट भएर जाने सबैले भयभीत भएर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यस्तो गर्नुभएको होला?’
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’